काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी आज तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।