फाइल तस्वीरः नेपाली महिला क्रिकेटर
काठमाडौं — मलेसियामा जारी महिला क्रिकेट टी–२० शृङ्खलाअन्तर्गत आज नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । पाँच खेलमध्येको आज खेलिएको तेस्रो खेलमा नेपालले मलेसियालाई १११ रनको लक्ष्य दिएको हो ।

मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रन बनाएको हो । नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाउँदै १५ बल खेलेकी क्षेत्री ले ३ चौका र १ छक्का प्रहार गरेकि थिइन् ।

यस्तैगरी ज्योती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रनको साझेदारी गरेका थिए । कविता कुँवर भने २ रनमै आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।

मलेसियाको लागि निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिन सफल भए ।