तस्वीरः सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे।
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुमध्ये आज बुधबार चार जनाको बयान लिइएको छ । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी, गोविन्द चौधरी र रामशरण केसीको बयान लिइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकाहरुको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । प्रहरीले पक्राउ गरेका मध्ये अहिलेसम्म १२ जनासँग बयान लिइसकिएको छ । यस शरणार्थी प्रकरणमा ३० जनाको संलग्नता रहेको प्रहरीले सार्वजनिक गरेको छ । यीमध्ये १७ जनालाई पक्राउ गरिसकिएको छ भने अझै १३ जना फरार रहेकाछन् । फरार रहेकाहरुको प्रहरीले खोजी गरिरहेको बताइएको छ ।