तस्वीरः नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राई।
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ । इन्द्रजित राईको बयान आईतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो, तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उहाँलाई आज बयानका लागि लगिएको हो । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिएको थियो ।