तस्वीरः एनएमबि बैंक ।
काठमाडौं — महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटेको छ । एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको हो ।

प्रमुख एसपी प्रकाश मल्लका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेरका हुन् । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।