तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।
काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सोमबोर आगामी आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी आ वको लागि सार्वजनिक गरिएको बजेट चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

सरकारले विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ । वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने सरकारको लक्ष्य रहेको छ ।

यस्तै ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ अपुग हुने रकम मध्ये वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड रुपैया र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ स्रोत परिचालन गर्ने प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।