काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो । बैठक आज अपराह्न्न ४ : १५ बजे बोलाइएको छ ।

आज साँझ ६ बजे अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट टेबुल गर्नुहुने सम्भावित गर्ने कार्यतालिका छ । राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री महतले बजेटमार्फत कतिपय विकासमा अवरोध पुगिरहेका नीतिगत अड्चन समाधान हुने बताएका छन्। साथै उनले बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत पनि गरेका छन्।

सरकारले हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते नयाँ बजेट सार्वजनिक ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । यसअघि सरकारले जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेको छ ।