फाइल तस्वीर: भारत र काजकिस्तानबीच भएको खेल ।
काठमाडौं —सेन्ट्रल एसियन भलिबल एशोसिएशन (एनएससी काभा ) महिला भलिबल च्यालेञ्ज कपको उपाधि भारतले जितेको छ । आज आईतबार भएको फाइनलमा भारतले काजकिस्तानलाई ३—० को सोझो सेटमा पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

यसैगरी आजै भएको तेस्रोस्थानका लागि भएको खेलमा आयोजक राष्ट्र नेपालले उज्वेकिस्तालाई ३–१ सेटले पाखा लगाउँदै तेस्रोस्थान सुरक्षित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा भारतले काजकिस्तानलाई सोझो सेटमा हराउँदै एनएससी काभाको च्याम्पियन बनेको हो । भारतले काजाकिस्तानलाई पहिलो सेट २५–१५ मा दोस्रो सेट २५–२२ मा तथा तेस्रो सेट २५–१८ मा सहज जित निकालेको थियो ।

यही जेठ ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा आठ देशका टिमले भाग लिए थिए । यस प्रतियोगितामा श्रीलङ्का पाँचौं, कीर्गिस्तान छैटौं हुँदा माल्दिभ्स र बङ्गलादेश क्रमशः सातौं र आठौं स्थानमा रहनपुगे विभिन्न आठ टोलीको सहभागिता रहेको थियो ।