आक्रा – घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो ।

रूखमा ठोक्किएपछि डुङ्गा डुबेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले बताएका छन् । घटनास्थलबाट पाँचवटा शव निकालिएको छ । खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ ।

उक्त डुङ्गाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी छ ।