सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–८, हर्दियामा कार दुर्घटना भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा १५ च ७३३१ नम्बरको कार आज आइतबार बिहान अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा कार चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१८, मिल्स एरियाका २६ वर्षीय विष्णुभुषण साह सामान्य घाइते भएका छन् । कारमा उनका बुवा रामनेक साह पनि सवार थिए ।

कार अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।