काठमाडौं — हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती भने कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।