फाइल तस्वीर
वासिङ्टन — संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जरसँग भेट गर्नुभएको छ । चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा. किसिन्जरलाई उहाँको एक सयौं जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभयो ।


उहाँहरूबीच चीन–अमेरिका सम्बन्धका विभिन्न आयाम बारे विचार आदानप्रदान भएको थियो । सो अवसरमा द्वीपक्षीय सम्बन्ध थप मझबुद बनाउँने लगायत अन्तरराष्ट्रिय र क्षेत्रीय मुद्दाहरू बारे पनि छलफल भएको बताइएको छ ।