फाइल तस्वीरः जिल्ला अदालत काठमाडौं ।
काठमाडौं — प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी फरार अभियुक्त लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ । प्रहरीले महर्जनलाई पक्राउ आज शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो ।

प्रहरीले महर्जन पक्राउ परेसँगै यस प्रकरणमा १७ जनालाई हिरासतमा लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो ।

लक्ष्मी महर्जनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले विस्तृत जानकारी दिएको छैन । यो प्रकरणमा ललितपुरकी ३२ वर्षीया महर्जनको बैंक खाता प्रयोग भएको देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ । काठमाडौं जिल्ला अदालतमा आजबाट नक्कली भुटानी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयान सुरू भएको छ ।