नेपालको भलिबल टिम

काठमाडौं — काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कप अन्तगर्त आज शुक्रबार सेमिफाइनलका खेलहरु हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सेमिफाइनलका खेलहरु हुने भएका हुन् ।
आज आयोजक राष्ट्र नेपालले सेमिफाइनलमा काजकिस्तानको सामना गर्ने छ भने प्रतियोगिताकै अब्बल मानिएको भारतले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आजको सेमिफाइनल विजेता दुई टिम फाइलमा प्रवेश गर्नेछन् ।

नेपाल उपाधिमा कब्जा जमाउँदै ह्याट्रिक गर्ने दाउमा मैदानमा उत्रिने छ । प्रतियोगिताकै दावेदार मानिएको काजकिस्तानका खेलाडी शारीरिक रुपमा अग्ला र बलिया देखिन्छन् । यस्तोमा नेपालले खेल आफ्नो पक्षमा पार्न धैर्य र साहस बलुल्दै टेक्निकल गेम खेल्नुपर्ने देखिन्छ । नेपाललले सेमिफाइनल काजकिस्तानसँग खेल्दा सबैको ध्यान यस खेलमा हुनेछ । नेपाल र काजकिस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा सहभागीमध्येकै सबैभन्दा बलियो टोलीको रुपमा रहेको काजस्तिान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । यस क्रममा काजखस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ । काजखस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने श्रीलङ्का र उज्वेकिस्तानले कडा टक्कर दिएका थिए । श्रीलङ्का र उज्वेकिस्तान विरुद्ध काजजिस्तान समान ३–१ को सेटमा विजयी भएको थियो ।

यता घरेलु टोली नेपाल समूह ‘ए’ मा दुई जित र एक हारबाट समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । कीर्गिस्तान र बङ्गलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ को सेटमा स्तब्ध हुनपुग्यो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।

एसियालीदेखि विश्वस्तरसम्म नै खेल्दै आएको काजस्तिान यस प्रतियोगिताको उपाधिको मुख्य दावेदारको हो । लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएको नेपालको लागि काजकिस्तान ठूलो पर्खाल बन्नसक्नेछ । आयोजक नेपाललाई घरेलु मैदान र समर्थकहरुको बलियो साथ र समर्थन हुनेछ ।
नेपालले उपाधि रक्षागर्दै ह्याट्रिक गर्ने सम्भावना कायम राख्न काजकिस्तानलाई पराजित गर्नुपर्नेछ । काजकिस्तानलाई हराउन सके नेपालले ह्याट्रिक गर्ने सम्भावनाको ढोका खोल्नेछ । आजको खेल जित्न सके नेपालले कम्तिमा पनि दोस्रो स्थान सुरक्षित राख्नेछ ।

नेपाली टिममा कप्तान अरुणा शाही र सरस्वती चौधरी सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् ।

समूह चरणमा एक मात्र बलियो टोली भारत विरुद्ध खेलपछि नेपालले धेरै कुरा सिक्ने मौका पाएको कप्तान अरुणा शाही र प्रशिक्षक जान डी ब्रान्टले बताएका थिए ।
भारत विरुद्धको खेलमा गरेको गल्ती काजकिस्तान विरुद्ध नदोहोर्याउने लक्ष्यसहित नेपाल आज मैदानमा उत्रँदै छ । घरेलु दर्शकको समर्थन र गृह मैदानको फाइदा नेपालले लिने सम्भावनालाई नकार्न सकिन्न । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेर भारतसँग नै फाइनल खेल्ने योजनामा छ ।

आजको पहिलो सेमिफाइन खेल भारत र उज्वेकिस्तानबीच हुनेछ । यी दुई टिमको विजेता नै फाइनलमा प्रतिस्पर्धा गर्नेछ । भारत अपराजित हरँदै समूह ‘ए’ को विजेता बन्दा उज्वेकिस्तान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।

पछिल्लो पटक सन् २०२१ मा बंगलादेशमा भएको एसियन महिला सेन्ट्रल जोन च्यालेन्ज कपमा उज्वेकिस्तान उपविजेता बनेको थियो ।