फाइल तस्वीर
धुन्चे — रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । दवै विद्यालयका गरी एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो ।

रसुवाको ज्याङलाङ प्राथमिक र नीलकण्ठ नमूना माध्यमिक विद्यालय जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको कालिका गाउँपालिका–५ वडाध्यक्ष सन्दीप पौडेलले जानकारी गराउनुभएको हो ।

ती विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने छात्रछात्रालाई किताब, कमल, कापी, झोलालगायत सामग्री वितरण गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना माविमा कक्षा १ देखि अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन गरिँदै आएको छ ।

विद्यार्थीलाई सामग्री उपलब्ध गराएपछि अभिभावक खुसी भएका छन् । यसअघि ज्याङ्लाङ प्राविमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेमार्फत दाताको सहयोगमा भवन निर्माण गरिएको थियो । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको जिवजिवे नीलकण्ठ नमूना मावि भने हालसम्म पुनःनिर्माण हुन सकेको छैन । जीर्ण भवनका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षकले बताएका छन् ।