फाइल तस्वीर
टोकियो — जापानको नागानोमा एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको छ । छन् । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार मध्य प्रान्त नागानोमा हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा एक महिला र दुई प्रहरी अधिकारीको मृत्युभएको हो ।

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ । संदिग्ध पुरुष घटनास्थलबाट भागेको समाचारमा जनाइएको छ ।