लमजुङ — ‘स्वास्थ्य’ राष्ट्र, समाज र मानव समुदायको अमूल्य नीधि हो । स्वस्थ जीवनविना सामाजिक प्रतिष्ठा र विकास कल्पना गर्न सकिंदैन । स्वस्थ परिवार र स्वस्थ समाज नै विकसित र समृद्ध राष्ट्रको द्योतक हो । यसैकुरालाई मनन् गर्दै सङ्घीय सरकारले गोरखा र लमजुङ जिल्लामा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी उपलब्ध गराउन लिफ्टिङ् प्रणालीमा आधारित खानेपानीका आयोजना निर्माणमा जोड दिएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले गोरखा र लमजुङ जिल्लामा सुख्खा क्षेत्रको पहिचान गरी मस्र्याङ्दी, चेपे, दरौदी जस्ता नदीहरुबाट पानी तानेर प्रशोधन गरी खानेपानी उपलब्ध गराउन पम्पिङ आयोजनाहरुको निर्माण गरिरहेको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका प्रमुख शेखरचन्द्र के.सी. गोरखा र लमजुङ जिल्लाका सुख्खाग्रस्थ क्षेत्रको पहिचान गरी ती क्षेत्रका जनतालाई ‘दिगो विकासका लक्ष्य अनुरुप राष्ट्रिय मापदण्ड अनुसार खानेपानी उपलब्ध गराउन आयोजनाहरु निर्माण गरिएको हो’ भन्नुहुन्छ ।

आयोजना प्रमुख केसी भन्नुहुन्छ –‘ जलवायु परिवर्तन, २०७२ सालको भूकम्प, विकासका नाममा जथाभावि खनिएका बाटाहरु, वन जङ्गल फँडानी जस्ता मानवसिर्जित कारणले पानीको परम्परागत स्रोतहरुमा प्रतिकुल प्रभाव परेको छ । यसैकुरालाई मनन् गर्दै सुख्खा क्षेत्रको पहिचान गरी पानीका प्राकृतिक स्रोतहरु नभएका लमजुङको सुन्दरबजार र गोरखा जिल्लाको मनकामना, फुजेल, दरौदी विरमकाली, सातविशे नोबोटे र पालुङटार क्षेत्रका स्थानीय जनताको मागलाई सम्बोधन गर्न पम्पिङ प्रणालीमा आधारित खानेपानीका आयोजना निर्माण गरिएको छ ।’

सङ्घीय सरकारको लगानीमा लमजुङको सुन्दरबजार र गोरखा जिल्लाको मनकामना, फुजेल, दरौदी विरमकाली, सातविशे नेबोटे र पालुङटारमा वृहत खानेपानी आयोजना निर्माण गरिएका छन् । यी आयोजनाहरु सम्पन्न भएपश्चात् स्थानीय बासिन्दाले सफा, शुद्ध र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने भएका छन् ।

ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने मनकामनामा स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन बढ्दो छ । यस क्षेत्रमा पानीको बढ्दो मागलाई सम्बोधन गर्न पम्पिङ् प्रणालीमा आधारित मनकामना वृहत्त खानेपानी आयोजना निर्माण भैरहेको छ । आयोजना सम्पन्न भएपछि मनकामना बजार क्षेत्रको साथै बेतेनी, भातेचौर, ढाँडबारी, हटिया, बर्राबोटे गाउँका वासिन्दाले पर्याप्तमात्रामा सफा, शुद्ध र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने बताउनुहुन्छ, मनकामना वृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ ।

यो आयोजना सञ्चालन भएपछि मनकामना क्षेत्रमा खानेपानीको समस्या समाधान हुने र यहाँका होटल व्यवसायको प्रवद्र्धन र कृषिजन्य उत्पादनले बजार पाउने स्थानीय वासिन्दाहरुको भनाइ छ ।

मनकामना धार्मिक पर्यकीय क्षेत्र भएकोले यहाँको वातावरणीय स्वच्छताका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले खानेपानी मात्र नभै ढल व्यवस्थापनमा समेत विशेष जोड दिएको छ । खानेपानीका मुहान र वितरण प्रणालीमा हुनसक्ने प्रदुषण र जोखिमहरु न्यूनीकरण गर्न ढलको लाइन विस्तार गरेको छ । घर तथा होटलहरुका चर्पी तथा सेफ्टिट्याङ्कबाट निस्कने लेदोजन्य पदार्थलाई पाइपलाइन विस्तार गरी प्रशोधन केन्द्रमा लगेर विसर्जन गरिएको छ ।

आयोजनाले होटल तथा स्थानीयका घरबाट निस्कने प्रदुषित पदार्थहरु सिधैं खोला नालामा नपुगोस् भन्ने अभिप्रायले, पारिस्थितिक पद्धतिलाई दृष्टिगत गरी ढल व्यवस्थापन र प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुहुन्छ सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनियर सन्देश पन्त ।

ढल व्यवस्थापनले मनकामना क्षेत्रको वातावरणीय सरसफाईमा सुन्दरता ल्याएको बताउनुहुन्छ स्थानीय वासिन्दा जुना थापा ।

यसैगरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले गोरखा नगरपालिकाको दरौदी विरमकाली क्षेत्रलाई लक्षित गरी शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउन दरौदी विरमकाली गोरखा खानेपानी आयोजना कार्यान्वयनमा ल्याएको छ । दरौदी नदीको पानी पम्पिङ गरी शुद्धीकरण गरिएको सफा, स्वच्छ र आधारभूतस्तरको प्रशोधित पानी उपभोक्ताहरुले उपभोग गर्न पाउनेछन् ।

गोरखा जिल्लाकै अर्को आयोजना हो, सातविसे नोबोटे गुणस्तर सुधार आयोजना । यो आयोजना निर्माण गर्नुको मुख्य उद्देश्य भनेको खानेपानीको गुणस्तर सुधार गर्नु हो । यहाँ पानीका प्राकृतिक स्रोत छैनन् । पानीका सीमित स्रोतलाई संरक्षण गरी खानेपानी उपलब्ध गराउन यो आयोजना निर्माण गरिएको छ । यहाँ पानीको ग्य्राविटी स्रोत नहुँदा खहरे खोलाको पानी ट्याङ्कीमा जम्मा गरेर उपभोग गरिरहेको अवस्था छ । वर्षाद्को समयमा खोलामा बाढी आउने र पानी धमिलो भै प्रदुषित हुनेहुँदा मानवीय स्वास्थ्यलाई ध्यानदिंदै सातविसे नोबोटेको खानेपानीको गुणस्तर सुधार आयोजना निर्माण भएको बताउनुहुन्छ इञ्जिनियर सन्देश पन्त ।

सङघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गोरखा जिल्लाकै सुख्खाग्रस्थ क्षेत्रलाई लक्षित गरी पम्पिङ् प्रणालीमा आधारित पालुङ्टार वृहत्त खानेपानी आयोजना कार्यान्वयनमा ल्याएको छ । बढ्दो जनघनत्व, २०७२ सालको भूकम्प र पानीका प्राकृतिक स्रोतको कमी जस्ता कारणले यस क्षेत्रमा खानेपानीको समस्या बढ्दै गएको बनाउनुहुन्छ पालुङटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष विमल ढकाल ।

गोरखा जिल्लाको ऐतिहासिक स्थल लिगलिगकोट, आँपपिपल, सुन्तले, कटुचेपानी, जोर्ती चौतारा, खुर्पाजुङ डुम्रेडाँडा, मैबल जस्ता वस्तीहरुलाई लक्षित खानेपानी आयोजना निर्माण भैरहेको छ । यस आयोजनको मुख्य उद्देश्य भनेको सुख्खा क्षेत्रलाई लक्षित गरी चेपे नदीबाट विभिन्न ठाउँमा पानी जम्मा गर्दै लिफ्टिङ गरेर लिगलिगकोटसम्म पुर्याउने लक्ष्यका साथ काम भैरहेको बताउनुहुन्छ सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनियर साहिलकुमार मण्डल ।

यसैगरी सङ्घीय सरकारको लगानीमा सुन्दरबजारमा पनि खानेपानी आयोजना निर्माण भैरहेको छ । बढ्दो जनसङ्ख्या, शहर विकास र खानेपानीका पुरानो आयोजनाले धान्न सक्ने अवस्था नभएपछि आगामी दुई दशकसम्मलाई लक्षित गरी स्थानीय जनताको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत सह–लगानीको अवधारणामा पम्पिङ प्रणालीमा आधारित खानेपानी आयोजना निर्माण भैरहेको छ ।

यस आयोजनाको मुख्य उद्देश्य भनेको मस्र्याङ्दी नदीबाट पानी लिफ्टिङ गरी सुन्दरबजार क्षेत्रका जनतालाई राष्ट्रिय मापदण्ड अनुरुप आधारभूतस्तरको पानी उपलब्ध गराउनु हो । यो आयोजना निर्माण सम्पन्न भएपछि यस क्षेत्रका जनतालाई शुद्ध सफा र गुणस्तरीय खानेपानी उपलब्ध हुने बताउनुहुन्छ सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेम जिसी ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ जिल्लाका जनताले भोग्दै आएका खानेपानी समस्यालाई समाधान गर्न, विभिन्न ठाउँमा खानेपानीका, नयाँ आयोजनाहरु सञ्चालन गर्दै कार्यान्वयनमा ल्याउन लागेको छ ।

यसै अनुरुप गोरखा जिल्लाको फुजेल, मनकामना, दरौदी विरमकाली, सातविशे नोबोटे र पालुङटारका साथै लमजुङको सुन्दरबजारलगायतका आयोजनाहरु निर्माण गरिएका छन् । यी आयो