काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।