फाइल तस्वीरः जिप दुर्घटना ।
रुकुम — रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान जिप दुर्घटनामा भएको छ । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइते भएका मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकाहरुलाई थप उपचार गर्न हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठले बताउनुभयो । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । दुर्घटनामा परेको जिप सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीको भनाइछ ।