काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो ।

छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी आज बुधवार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।