फाइल तस्वीरः नेपाली महिला राष्ट्रिय टिम ।
काठमाडौं — नेपाल काठमाडौं जारी काभा वुमन्स् भलिबल च्यालेन्ज कपको एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई पराजित सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

नेपालले पहिलो सेट २५–१० ले जितेको थियो भने दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जितेको हो । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले हिजो सोमबारको आफ्नो पहिलो खेलमा कीर्गिस्तानलाई पनि सोझो सेटमा पराजित गरेको थियो । आजको जितसँगै नेपालले ६ अङ्क जोडको छ ।

नेपालको अर्को भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारतलाई हराउन सके नेपाल समूह ‘ए’ को विजेता बन्दै अन्तिम चार(सेमिफाइनल)मा प्रवेश गर्ने छ ।