फाइल तस्बिर

काठमाडौं — नेपाल क्रिकेट सङ्घ(क्यान) ले आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गरेको हो।

क्यानले आगामी जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटलागि २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । गत चैतमा घरेलु मैदानमा भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्म्क सिरिज अन्तर्गतको खेलमा नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो । त्यसपछि घरेलु मैदानमा नै भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा समेत छनोट भएको छ ।

पछिल्लो समय उच्च लयमा रहेको नेपाली टोलीले विश्वकप छनोटमा टेष्ट राष्ट्रसँग खेल्नेछ । छनोट अघि नेपाली टोलीले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्नेछ । यही महिनाको अन्तिममा दक्षिण अफ्रिका जाने नेपाली टोलीले अभ्यास खेलपछि जिम्बाबे प्रस्थान गर्ने क्यानले जनाको छ ।

नेपाली राष्ट्रिय क्रिकेटको प्रारम्भिक टिमका खेलाडीहरुमा कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी,सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुलसन झा, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सुदिप जोरा, देव खनाल, किशोर महतो, सुर्य तामाङ, कमल सिंह ऐरि, र अविनास बोहोरा र श्याम ढकाल रहेका छन् ।