फाइल तस्वीर
बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ । हिउँदे बाली भित्र्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जाँै सखाप पार्नुका साथै तरकारी र फलफुलमा समेत नोक्सानी गरेको हो ।


घरमा भित्र्र्याउन तयार भैसकेको अन्नबाली असिनापानीले नस्ट गरेपछि किसानहरू चिन्तित् बनेका छन् । खानै नपार भोकमरीको चपेटामा पर्ने हो कि भन्ने चिन्तामा त्यहाँका किसानहरु रहेकाछन् ।


कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका–७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “असिनापानीले गहुँ, जाँै, तरकारीमा आलु प्याज, लसुन, फलेको फलफूलमा क्षति पुग्यो ।”

खप्तड छेडेदह –६ र ७ वडाका करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको असिनापीडित किसानले जनाएका छन् । असिनाबाट पीडित बनेका किसानले बिहान खेतबारी गएर टुलुटुलु पाकेको गहुँ र जौँ हेर्नुबाहेकको विकल्प नरहेको ओलीका कृषक बिर्ख ओलीले बताउनुभयो । उहाँले असिनाबाट पीडित किसानलाई राहतभन्दा पनि क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको छ ।

असिनापानीले वडा नं ६ को मैतोला, नाइना र सुदाडामा अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको छ भने वडा नं ७ को बुढाबाडा, लम्गाउँ, गुम्लागाउँ, कठायतबाडा, ओलीगाउँ र दानीगाउँमा नोक्सानी गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताउनुभयो ।

क्षतिको विवरण सङ्कलनमा सुरसार छैन

असिनापानीले खप्तड छेडेदह–६ र ७ वडाका किसानले खेतबारीमा लगाएको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको भए पनि स्थानीय सरकार पालिका र कृषि ज्ञान केन्द्र बाजुराले विवरण सङ्कलनमा कुनै सुरसार नगरेको पीडित किसानले गुनासो गरेका छन् ।

असिनापानीले वडा नं ६ का तीन सय ८० र ७ का पाँच सय २५ परिवार गरी नौ सय पाँच परिवार प्रभावित भए पनि गाउँपालिकाले क्षतिको विवरण सङ्कलनमा चासो नदेखाएको पीडित कृषक गौरी ओलीले बताउनुभयो ।

क्षतिको विवरण सङ्कलनका गर्न पालिका र कृषि ज्ञान केन्द्र बाजुराले चासो नदेखाएपछि क्षतिपूर्ति नपाउने चिन्ता कृषकमा परेको छ । असिनापानीबाट प्रभावित बनेका किसानको क्षतिको विवरण सङ्कलनका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुरालाई आग्रह गरेको भए पनि कुनै चासो नदेखाएर बेवास्ता गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताउनुभएको छ ।

खप्तड छेडेदह –६ र ७ वडाका नौ सय पाँच परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । गाउँपालिका–७ का वडाध्यक्ष रावतका अनुसार वडा ६ र ७ का उक्त परिवारले करिक सात हजार पाँच रोपनीमा लगाएको अन्न, तरकारी र फलफूल खेती नोक्सानी पु¥याएकाले वडा कार्यालयले प्रारम्भिक अनुमान गरेको बताउनुभयो । वडा कार्यालयको अनुगमन गर्दा प्रारम्भिकरूपमा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।