काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुन, चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको भएको छ ।

यस्तै, तेजाबी आज सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने यथावत् रहि हिजोकै मुल्यमा प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।