काठमाडौँ – जापानको सेन्दाईमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीसहित तीन जनाको मृत्यु भएको छ । सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो ।

बसमा चालक दलका सदस्य सहित ४० जना सवार थिए । उक्त बसमा सवार एक जापानी महिलाको मृत्यु भएको छ भने उक्त बसका चालक एक पुरुष गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी निधन हुने दुई नेपाली विद्यार्थीमा थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो । पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखिएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। सोही क्रममा बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
अन्तर्राष्ट्रियसञ्चारमाध्ययमका अनुसार ट्रकको ठक्करपछि बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो।