फाइल तस्वीर
काठमाडौं — भारतीय आयल कर्पोरेशन (आईओसी) ले नेपालमा पठाउने पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको हो ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आज मङ्गबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलमा प्रतिलिटर आठ रुपैयाँको सेरोफेरोमा पेट्रोलको मूल्य प्रतिलिटर साढे ९ रुपैयाँले घटेर आएको छ । आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची एक÷एक महिनामा पठाउने गरेको छ ।
आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमका प्रवक्ता ठाकुरले बताउनुभयो । मूल्य घटाउन वा यथावत राख्ने भन्ने विषय सञ्चालक समितिको क्षेत्राधिकार भित्र रहेकोले समितिको निर्णयको निर्णयको आधारमा मूल्य तोकिने प्रवक्ता ठाकुरको भनाइ छ ।
हाल निगमले विक्री गर्दै आएको डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ रहेको छ ।