फाइल तस्वीर
ब्राटिस्लाभा — स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्वस्था र अमनचैन ल्याउँने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्लोभाकका राष्ट्रपति जुजाना कापुटोभाले पूर्व कार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ मा राजीनामा दिएपछि सोमबार ओडोरलाई उक्त पदमा नियुक्त गर्नु भएको हो ।

स्लोभाकियाको नेशनल बैंकका पूर्व उप–गभर्नर ओडोरले गत सेप्टेम्बरमा स्न्याप चुनाव नभएसम्म राज्यले ठीकसँग काम गर्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राख्नु भएको बताइएको छ । उहाँले सरकारले शान्ति, स्थिरता, सहिष्णुता कायम गर्ने लक्ष्य राखेको बताउनु भएको छ ।