वेलिङ्टन — न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चार तले होस्टेल भवनमा रातभरि आगलागी भएको छ । आगलागी हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता पनि भएका प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मङ्गलबार बिहान करिब १२स्३० बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको र ठूलो धनजनको क्षति भएको थियो । अहिले हताहती र घाइतेको सङ्ख्या एकिन नभए पनि प्रहरीको प्रारम्भिक मूल्याङ्कन अनुसार मृत्यु हुनेको सङ्ख्या १० को आसपासमा रहेको छ । उक्त भवनबाट ५२ जनालाई उद्धार गरी बाहिर निकालिएको थियो भने पाँच जनाको छतबाट उद्धार गरिएको थियो । तर अझै थुप्रै व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुईजना गम्भीर घाइते सहित पाँच जनालाई अस्पताल पठाइएको छ ।
बिहानको समाचार कार्यक्रमसँग कुरा गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले सो घटनामा थप मृत्यु हुनसक्ने आशङ्का रहेको बताउँनु भएको छ । घटनास्थलको निरिक्षणपछि हिपकिन्सले पीडितहरू र तिनीहरूका परिवारहरूप्रति संवेदना व्यक्त गर्नु भएको छ । उक्त भवन यस वर्षको शुरुमा निरीक्षण गरिएको र सबै मापदण्ड पूरा गरिएको पाइएको भए पनि यसमा स्प्रिंकलर प्रणाली भने नभएको आवास मन्त्री मेगन वुड्सले बताउँनु भएको छ ।