मकवानपुर — बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।

जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण गरिने ताल निर्माणका लागि उक्त निर्णय गरिएको सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । साथै सरकारी कामकाजको भाषासम्बन्धी विधेयक मस्यौदाको तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने समेत सरकारले निर्णय गरेको छ ।