फाइल तस्वीरः पूर्वगृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँण ।
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ । काटमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा काङ्ग्रेस नेता खाँणसँगको बयान केहीबेर अघिमात्रै सकिएको हो ।

सरकारी वकिलको कार्यालयले दिएको बयान सकिए लगतै खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ । बयान सकेपछि उनको प्रतिक्रिया लिन खोज्दा खाँडको कुनै प्रतिक्रिया दिन चाहेनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीमाथि अनुसन्धान गर्न प्रहरीले वैशाख २७ गते बुधबार पक्राउ परेको थियो । आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन नै वेपत्ता पारी पुरानो फाइलमा नक्कली नाम समावेश गरिएको प्रतिवेदन कार्यान्वयन गर्दै गिरोहबाट आर्थिक लाभ लिएको आरोप उनीमाथि लागेको छ ।

उनीभन्दा अगाडि पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र सोही प्रकरणका डिजाइनरहरुको बयान पछि पूर्वगृहमन्त्री खाँडलाई प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो साताको बुधबार पक्राउ परेका काङ्ग्रेस नेता खाँडलाई थप अनुसन्धान गर्न प्रहरीले हिजो जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । उक्त अदालतले चार दिनको पुनः म्याद थपगरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति थिएको थियो । सोही सिलसिलामा आउन सरकारी वकिलको कार्यालयले उनीसँग बयान लिएको हो ।