फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँण ।

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका काङ्ग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग बयान लिने काम सुरू भएको छ । काठमाडौं बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा खाँणसँग बयान लिन सुरु गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बालकृष्णलाई बयानका लागि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पु¥याइसकेको छ । यसअघि प्रहरीले खाँडको स्वकीय सचिव नरेन्द्र केसी र तत्कालिन गृहमन्त्रालयमा रहेका सचिव टेकनारायण पाण्डेको बयान लिनेकाम हिजै भैसकेको छ ।

सरकारी वकिलको कार्यालयले पूर्वमन्त्री खाँण अघि पक्राउ परेका ११ जनाको बयान पनि लिइसकेको छ । पूर्वगृहमन्त्री खाँणको थप अनुसन्धान गरी बयान लिन प्रहरी थुनामा राख्न हिजो आईतबार जिल्ला अदालत काठमाडौंले चार दिनको समय थप गरेको थियो ।

यही प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन्। यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ । रायमाझीलाई पनि अदालत लगिने र सरकारी वकिलको कार्यालयले छिटै बयान लिने तयारी भैरहेको छ ।