फाइल तस्वीर: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ।
काठमाडौं — नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणसहित अन्यलाई अदालत पेश गरेको छ । उनीहरु सबैलाई प्रहरीले आज आईतबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।

उनीहरुलाई ठगी र सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको हो । अदालतले उनीहरुको म्याद थप गर्ने निर्णय गरिसकेको छैन ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले काठमाडौं जिल्ला अदालतमा आज उपस्थित गराएको हो ।