याङ्गुन — म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको विवरण अनुसार अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको हो ।


गोप्य सूचनाका आधारमा लागुऔषध विरुद्धको कारबाहीमा प्रहरीले मे ७ मा मण्डलेको बस स्टेशनमा एउटा गाडीबाट अर्को गाडीमा सारिएको बोराको खोजी गर्दा साबुन कन्टेनरमा रहेको २६.४ केजी हेरोइन बरामद गरेको हो ।


सो अबैध कारोबारमा संलग्न रहेको आशङ्कामा पाँच संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको छ । बरामद लागुऔषधको मूल्य लगभग ६६६० मिलियन क्याट (३१४,२८५ अमेरिकी डलर भन्दा बढी) रहेको बताइएको छ । संदिग्धहरूलाई लागुऔषध र साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी