फाइल तस्वीरः काङ्ग्रेस आईका नेता, राहुल गान्धी ।
कर्नाटक — भारतको कर्नाटक राज्यमा भएको विधानसभाको निर्वाचनमा भारतीय राष्ट्रिय काङग्रेस पार्टी (काङ्ग्रेस आई) ले बहुमत प्राप्त गरेको छ । भारतीय राजनीतिमा खस्कंदै गएको काङ्ग्रेस आईलाई कर्नाटक राज्यको विधानसभा निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको हो ।

कर्नाटक विधानसभाको दुईसय २४ सिटमध्ये काङ्ग्रेस आईले एक सय ३६ सिट प्राप्त गरी बहुमत प्राप्त गरेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार भारतीय जनता पार्टी (भाजपा)ले जम्मा ६५ सीटमा विजय प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको क्षेत्रीय दल जनता दलले १९ सीट जितेको छ भने अन्य साना दल र स्वतन्त्रले चार सिटमा जितेका छन् ।

कर्नाटक विधानसभाका लागि भएको निर्वाचनको मतपरिणामअनुसार काङ्ग्रेस आईले एक सय ३६ सीट जितेको छ । त्यहाँको विधानसभाको बहुमतका लागि न्यूनतम पनि एक सय १३ सीटको आवश्यक पर्छ । काङ्ग्रेस आईले सहज बहुमत प्राप्त गरेको छ । यसबाट ६५ सिटमात्र जितेको भाजपालाई ठूलो धक्का पुग्ने देखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्ल्यामरको रुपमा अगाडि सारेर निर्वाचनमा होमिएको भाजपाको यो पराजयले भारतको केन्द्रीय राजनीतिमा समेत धक्का पुग्ने विश्लेषण गर्न थालिएको छ । गत निर्वाचनमा भाजपाले कर्नाटक विधानसभामा एक सय चार सीट जितेको थियो ।

कर्नाटकमा प्राप्त बहुमतले काङ्ग्रेस आईको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रीय कार्यालयमा आतसवाजी गरेर समर्थकहरुले खुशी मनाएका छन् ।

कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस आईका लागि निकै महत्वपूर्ण मानिएको थियो । प्रधानमन्त्री एवम् भाजपाका नेता नरेन्द्र मोदीले यो नतिजालाई स्वीकार गर्दै काङ्ग्रेस आईलाई बधानसमेत दिएका छन् ।