कीभ — युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुट शहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको बताएको छ । सो क्षेत्र महिनौंदेखि रुससँग जारी लडाईको केन्द्रबिन्दुको रूपमा रहेको छ।

शत्रुले जनशक्तिको ठूलो क्षति बेहोरेको छ। हाम्रा रक्षा बलहरू बखमुत नजिक दुई किलोमिटर (करिब एक माइल) अगाडि बढेका छन् । ‘हामीले यस हप्ता बखमुतमा एउटा पनि स्थान गुमाउनु परेन, उप रक्षामन्त्री गन्ना मल्यारले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।