फाइल तस्वीरः नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गर्दै ।
पोखरा — गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आज शुक्रबार नियुक्त गर्नुभएका मन्त्रीहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाउनुभएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गर्नुभएको मन्त्रीहरुमा नेपाली काङ्ग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।