काठमाडौं — स्पेनको क्याडिज सहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ खुला पिकलबल प्रतियोगितामा नेपाललका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी जेठ ५ र ६ गते हुने उक्त प्रतियोगिताममा नेपालबाट सुवेदीले भाग लिने भएका हुन् ।

उनलाई नेपाल पिकलबल सङ्घका अध्यक्ष उमेशकुमार आचार्यले आज यहाँ आयोजित कार्यक्रममा सफलताको कामना गर्दै नेपाली झण्डा प्रदान गरेर बिदाइ गर्नुभयो । सबै उमेर समूहका खेलाडीले खेल्न मिल्ने यो खेल युरोप र अमेरिकामा निकै लोकप्रिय छ ।

नेपालमा पनि यसको विभिन्न खेल भइसकेको र भारतमा आयोजना भएका प्रतियोगितामा पनि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै पदक हात पार्न सफल भइसकेका छन् । खेलाडी सुवेदी यही वैशाख ३१ गते स्पेन प्रस्थान गर्ने कार्यक्रम छ ।