फाइत तस्वीरः गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
पोखरा — गण्डकी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्राप्त जानकारी अनुसार मुख्यमन्त्री पाण्डेले नेपाली काङ्ग्रेसका महेन्द्रध्वज जिसीलाई अर्थमन्त्रालय, दीपेन्द्रबहादुर थापालाई उर्जा जलस्रोत र विना विभागीय मन्त्री बन्नुभएकी सरस्वती अर्याल तिवारीलाई कृषि मन्त्रालय जिम्मेवारी तोकिएको छ ।

यस्तैगरी नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने यसअघि विना विभागीय मन्त्री बन्नुभएको सुशीला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री पाण्डेले सत्तासमर्थक दल नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने किन नबनाउने भन्ने विषयमा अझै टुङ्गिएको छैन ।

नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ आजै चार बजे गर्ने कार्यक्रम रहेको बताइएको छ ।