साङ्केतिक तस्वीर
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर गरी ५०५ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टिभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको सक्रिय सङक्रमितको सङख्या एक सय ४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । कोरोना सङक्रमणको उपचार गरी आज २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।