फाइल तस्वीरः गिरफ्तारिकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड

काठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न अनुमति दिएको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको हो ।

नक्कली भुटानी प्रकरणमा पूर्वगृहमन्त्री खाँडलाई आज बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ पर्नुभएको थियो । काठमाडौं जिल्ला अदालतबाट पूर्वमन्त्री खाँडलाई चार दिन म्याद थप गरी हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

काङ्ग्रेस नेता खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो । स्वास्थ्य परिक्षण पछि खाँडलाई काठमाडौं जिल्ला अदालत लगिएको थियो । पूर्वमन्त्री खाँणसँगै उहाँका सहयोगी नरेन्द्र केसीलाई समेत प्रहरीले म्याद थपको अनुमति लिएको छ ।