इस्लामाबाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको समाचार माध्यमहरुले जनाएका छन् । इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल–कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका हुन् ।

इस्लामाबाद पुलिसले धारा १४४ अनुसार कारबाही हुने बताइएको छ । पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो ।

वकिल र सर्वसाधारणलाई यातना दिइयो । इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन् । इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएका छन् ।’