वाशिङ्टन — सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको अन्तर्रािष्ट्रय समाचार सञ्चार माध्यमहरुले जनाएको छ । सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ । अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो ।


गैरसैनिकहरूले पनि सहजरूपमा बन्दुक राख्न पाउँने कानूनका कारणले अमेरिकामा अपत्यारिला र अप्रत्यासित गोलीकाण्ड घट्ने र निहत्था व्यक्तिहरूको ज्यान जाने क्रम बढ्दो मात्रामा छ । सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैर–लाभकारी समूह हो ।


अमेरिकाको लस भेगासस्थित भोन टोबेल मिडिल स्कुलमा गोली चल्दा एकजना घाइते भएको लस भेगास महानगरीय प्रहरीले सोमबार (स्थानीय समय) बताएको छ । लस भेगास मेट्रोपोलिटन प्रहरीले लस भेगास गोलीकाण्डको अनुसन्धान गरिरहेको छ। गोली लागेर घाइते भएका व्यक्तिलाई युनिभर्सिटी मेडिकल सेन्टर लगिएको छ ।


लस भेगास मेट्रोपोलिटन पुलिसका अनुसार घटना अझै सेलाएको छैन। लस भेगास मेट्रोपोलिटन पुलिसले यसको आधिकारिक ट्विटर ह्यान्डलमा लेखेको छ –“हामी भोन टोबेल मिडलमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेका छाँै ।” यसअघि डलासको बाहिर एउटा मलमा शनिबार भएको गोलीकाण्डमा बन्दुकधारीसहित कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीका अनुसार द हिलले जनाएको छ ।


एलेन फायर डिपार्टमेन्टले नौ जनालाई क्षेत्रीय अस्पतालमा पुर्याएको एलेन फायर डिपार्टमेन्टका प्रमुख जोनाथन बॉयडले बताएका छन् । एलेन प्रिमियम आउटलेटमा सात जनाको घटनास्थलमा मृत्यु भएको थियो र अन्य दुईलाई अस्पतालमा मृत घोषित गरिएको थियो । अन्य तीन जनाको अवस्था गम्भीर रहेको द हिलले जनाएको छ ।