नयाँ दिल्ली — भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।

“पाइलटलाई सकुशल उद्धार गरिएको छ । मिग एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।” प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।