फाइल तस्वीरः बागमती प्रदेश सचिवालय ।
हेटौंडा — आगामी बजेट अधिवेशनका लागि बागमती प्रदेशसभाको सर्वदलीय बैठक बस्ने भएको छ । सर्वदलीय बैठक आज अपराह्न प्रदेशसभाको सचिवालयमा बस्नेछ ।

आज बस्ने सर्वदलीय बैठक आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ ।

प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न कार्यसूची तयारी गरिने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १३ गते राति अन्त्य गरिएको थियो ।