कोलम्बो — श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महक्तवपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गर्नु भएको छ । कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ३४ बमोजिम राष्ट्रपति रनिल विक्रमासिङ्घेले सो आममाफी दिनु भएको सञ्चारमाध्यमलाई बताउनुभएको हो ।

प्रवक्ता एकनायकेले विभिन्न शर्तका आधारमा यो आममाफी दिइएको बताउनु भएको छ । श्रीलङ्काले सामान्यतया स्वतन्त्रता दिवस र प्रमुख धार्मिक कार्यक्रमहरूमा कैदीहरूलाई माफी दिने गर्दछ।यो आममाफी हत्या, लागुऔषधको गम्भीर अपराध, बलात्कार र सशस्त्र डकैतीलगायत गम्भीर फौजदारी अपराधमा दोषी ठहर भएकाहरूका सन्दर्भमा भने लागू हुँदैन ।