तस्वीरः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएको छ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता पाण्डे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा वैशाख १५ गते मुख्यमन्त्री नियुक्त भएपछि आज उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले आफु दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने भन्नुहुँदै प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यसँग पनि आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभयो । गण्डकी प्रदेशसभाको आज बिहीबार बसेको बैठकमा विश्वासको मत माग्नुहुँदै मुख्यमन्त्री पाण्डेले ‘मुख्यमन्त्री पदमा काम गर्दा दलीय स्वार्थभन्दा माथि रहेर काम गर्नेछु । मलाई समर्थन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत अनुरोध गर्दछु । हाम्रो साझा प्रयास बाट नै प्रदेशले अगाडि सारेका आयोजना तथा कार्यक्रमहरु समयमै सम्पन्न हुनेछन्’— भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले जनअपेक्षा पूरा गरी सरकारप्रति सकारात्मक भावना विकास गर्नेतर्फ आफ्नो नेतृत्वको सरकारले ध्यान केन्द्रित गर्ने बताउनुभएको भयो । नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मिति वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति हुनुभएका पाण्डेले वर्तमान सरकार गठनमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।