काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार आठ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० छ । यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार तीन सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार चार सय २५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।