फाइल तस्वीर
काठमाडौं — नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०७९/०८० जम्मा दुई दशमलव १६ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज मङ्गलबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै चालु आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १ दशमलव ८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत रहने अनुमान गरेको हो ।

विभागले आर्थिक वर्षको अन्तसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने जनाएको छ । यसअघि यस्तो कुल गार्हस्थ्य उत्पादनको आकार ४८ खर्ब रुपैयाँको हाराहारी रहेको थियो ।