बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने हुनुभएको छ । गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको चौधरीले आज मङ्गलबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गत आइतवार दर्ता गराउनुभएको थियो । जसअनुसार सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टापछि अर्थात मङ्गलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आब्हान गर्नुभएको हो ।

नवनियुक्त चौधरीलाई नेपाली काङ्ग्रेसका २७, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनतासमाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन सांसदको समर्थन छ । साथै राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एक सांसद गरी कूल ५३ सांसदको समर्थन रहेको छ ।