फाइल तस्वीर
काठमाडौं — नेपालले आज एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सोमबार बिहान ९ बजे फाइनल खेल सुरु हुँदैछ ।

सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ‘ए’ को विजेताका रुपमा फाइनलमा पुगेको हो भने यूएईले सेमिफाइनलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै नेपालसँग फाइनलमा भेट गर्ने पक्का गरेको थियो ।

नेपालले आजको खेल जितेमा आगामी सेप्टेम्बरमा हुने एसिया कपमा क्रिकेटका महारथी दुई टिम भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । नेपाली टिमले आज घरेलु दर्शक र गृह मैदानको प्रचुर फाइदा उठाउँदै एसिया कप पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिंदै छ । यूएई पनि घरेलु दर्शकका सामु नेपाललाई गृह मैदानमा स्तब्ध पार्ने योजना सहित मैदानमा उत्रँदैछ ।

आज हुने फाइनल खेललाई वर्षाले प्रभावित बनाउन सक्नेसम्भावन पनि त्यतिकै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा वर्षाको सम्भावना रहेको जनाएको छ । मौसमले साथ नदिए आज खेलाइने भनिएको फाइनल खेल भोली मङ्गलबार हुने बताइएको छ । तर भोली पनि पानी पर्नेसम्भावना त्यतिनै रहेको विभागको मौसम जानकारीमा उल्लेख गरिएकोछ ।

आज र भोलि दुवै दिन मौसम प्रतिकुल रहेमा फाइनल खेल सञ्चालन गर्न समस्या हुने र खेल सुपर ओभरमा जाने सम्भावना पनि त्यति नै छ । यदि खेल सुपर ओभर टाई भए अर्को सुपर ओभर हुनेछ । सुपर ओभर हुन नसक्ने अवस्था भए नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयताका आधारमा एसिया कपमा पुग्नेछ । ओडीआई वरियतामा नेपाल १४ औं र यूएई १९औं स्थानमा रहेकाछन् । वर्षाले खेल प्रभावित हुँदा सुपर ओभर पनि नभएको अवस्थामा नेपाल वरियातका आधारमा फाइनलमा पुग्ने छ ।